Breaking

आन्दोलनकारीद्वारा इटहरी वडा कार्यालय तोडफोड


काठमााडौँ — कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै र पहिचानको आधारमा पुनः नामकरण माग्दै सडकमा उत्रेका आन्दोलनकारीले आज इटहरी उपमहानगरपालिकाको वडा नम्बर २० कार्यालयमा तोडफोड गरेका छन् । पहिचानवादीहरूले वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा इटहरीमा तोडफोड गरेका हुन् ।

तालाबन्दी गर्न गएका आन्दोलनकारीले इटहरी २० नं वडा कार्यालयमा तोडफोड गरेका छन् । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले ताला लगाएर हिँड्नासाथ प्रहरीले ताला फोडेपछि झडप भएको हो । झडप क्रममा तरहरा प्रहरी चौकीको ना १ झ ६२० नं को गाडी तोडफोड गरेका छन् ।