Breaking

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन : विश्वप्रकाश शर्मा


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी पीडितलाई भेट्न ढिलाइ गर्न नहुने बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । उनले मिटरब्याजी पीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेको उल्लेख गरे । १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकसित अविलम्ब भेट गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । महामन्त्री शर्माले प्रधानमन्त्रीले पीडितलाई भेट्नु उनीहरूका मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको उनको भनाइ छ ।

उनले मिटरब्याजी पीडितले उठाएका मुद्दाको सम्बोधनका लागि आवश्यक कानुन निर्माण गर्न र संसद्मा छिटोभन्दा छिटो कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।