Breaking

गठबन्धनको बैठक निष्कर्षविहीन, दिउँसो फेरि बस्ने


काठमाडौँ — लामो समयदेखि अड्किएको मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ १० दलको बैठक कुरो नटुंग्याइ सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बन्दै आजै ३ बजेसम्मका लागि स्थगित भएको हो ।

मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि बुधबार बिहान १० दलका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा भएका थिए । तर बुधबार बिहान बसेको बैठकमा पनि मन्त्रिमण्डल विस्तारबारे सहमति भइनसकेको गठबन्धनको एक नेताले बताए ।

कांग्रेस नेता रमेश लेखकले सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने बताए । तीन बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रसाय गरिने उनको भनाइ छ।