Breaking

सत्ता गठबन्धनको बैठक जारी,भागबन्डा मिलाउन सकस


काठमाडौँ – मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ १० दलको बैठक सुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि सत्ता गठबन्धनको बैठक सुरू भएको हो । हिजो साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भइरहेको हो ।

सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । हिजोको छलफलमा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३/३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन् ।

आजको बैठकमा हिजोको बैठकमा वितरित सरकारको साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।