Breaking

सत्ता गठबन्धनको बैठक बस्दै, भागबन्डा मिलाउन सकस


काठमाडौँ – मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ ।

हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरूलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ(आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने जनाएको छ । हिजोको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भने जुटेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा एकीकृत समाजवादी र जसपाले तीनरतीन र लोसपाले दुई मन्त्रालयमा दाबी नछाडेपछि सहमति नजुटेको स्रोतले बतायो ।