Breaking

प्रधानमन्त्री थ्री नेसन्स कप: भुटानविरुद्ध नेपालको बराबरी


काठमाडौँ — प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध बराबरी गोल फर्काएको छ । पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि इन्जुरी समयमा दीपकराज सिंह ठकुरीले बराबरी गोल फर्काएका हुन् । निशान खड्काले प्रहार गरेको कर्नरमा अनन्त तामालले दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका दीपकले हेडरमार्फत उत्कृष्ट फिनिसिङ गरे ।