Breaking

विरोध प्रदर्शनमा उत्रिएको समूह र प्रहरीबीच विराटनगरमा झडप


काठमाडौँ — प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शनमा उत्रिएको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ । पहिचान पक्षधर विभिन्न संघसंस्थाले संयुक्त रुपमा गरेको प्रदर्शनलाई नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीले अश्रु ग्यासका साथै लाठी चार्ज प्रहार गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरको अवस्था तनावपूर्ण बनेको छ ।

गत फागुन १७ गते प्रदेश १ को प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेको थियो । अघिल्लो कार्यकालको पाँच वर्ष नामकरण गर्न नसकेको प्रदेशसभाको दोस्रो कार्यकालको औपचारिक सुरुवात भएको ६२ औँ दिनमा प्रदेश १ ले कोशी नाम पाएको थियो । उक्त नामप्रति पहिचान पक्षधरहरुले असन्तुष्टि जनाउँदै पुनः नामकरणको माग गर्दै आएका छन् ।