देश

मिस लिम्बूको उपाधि भिनुमा पाहिमलाई


काठमााडौँ — सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बूमा १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस लिम्बू घोषित भएकी हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा समापन भएको थियो याक्थुङ युथ एशोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू–२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू र फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअफ भएकी छन् ।

विजेता तीनै जनालाई ताज र नगद पुस्कार प्रदान गरिएको छ । ‘सम्मान मिस लिम्बू’को शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटरसमेत प्राप्त गरेकी छन् । यस्तै, फस्ट रनरअफ काजलले नगद एक लाखसहित र विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअफ मना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । कार्यक्रममा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, बरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा बेन सुब्बा, पुर्वमिस लिम्बू मेरिना पोमु लिम्बूलगायत निर्णायक रहेका थिए ।