Breaking

मेयर बालेन साहविरुद्ध प्रर्दशन


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रर्दशन भएको छ ।

महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् ।

संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व मेयर साहले नै लिएको भन्दै सुकुमबासीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरेका हुन् । आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु भएको प्रर्दशनलाई निरन्तरता दिइएको संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

अध्यक्ष कार्कीले संविधान, कानुनविपरीत भूमिहीनहरुलाई जग्गाधनी पुर्जा दिनुको साटो मेयर साहले उठिबास लगाउने प्रयास गरिरहे कडा आन्दोलनमा जाने चेतावनीसमेत दिए ।
विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएको सबै मुद्दा खारेज गर्नुपर्ने मागसमेत मोर्चाको छ ।