Breaking

नयाँ आईजीपीलाई चुनौती नै चुनौती, पन्त र कुर्मीले पाउँलान न्याय ? (भिडियोसहित)


काठमाडौँ – रोल क्रम अनुसार नै प्रहरी महानिरीक्षकमा बढुवा भएका बसन्त बहादुर कुँवरलाई जिम्मेवारी सहित चुनौती पनि थपिएको छ । समय सयममा विभिन्न कारणले विवादमा आईरहने संगठनलाई राजनीतिक हस्तक्षेपबाट बचाउनुका साथै आन्तरिक सुद्धिकिरण र शान्ति सुरक्षामा पनि सुधार ल्याउनु पर्ने छ ।

चैत्र १० गते शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षक(आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको बसन्तबहादुर कुँवरलाई आईतबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । नवनियुक्त आईजीपी कुँवरलाई सरकारको तर्फबाट गृहसचिव विनोद प्रकाश सिंहले मन्त्रालयमा नै एक कार्यक्रमकाबीच दज्यानी चिह्न प्रदान गरेका हुन् ।

सडक, सदनदेखि हरेक नागरिकको सुरक्षाको जिम्मा लिएको प्रहरी संगठनको चुनौती कम छैन । नवनियुक्त महानिरीक्षक कुँवरले लामो इतिहास बोकेको नेपाल प्रहरीलाई सम्हाल्दै गर्दा संगठनमा चल्दै आएका त्यस्ता अनेकन चुनौतीको पनि सामना गर्नु पर्ने देखिन्छ । राष्ट्रपतिको सवारीमा डाक्टरमामाथि डण्डा प्रहार गर्ने या प्रधानमन्त्रीको विरोध गर्नेको मुख नै थुनेर थुनामा राख्ने जस्ता गतिविधि नै किन नहोस् यस्का कार्यले सिंगो संगठननै बद्नाम र आलोचित हुने गरेको छ ।

आम नागरिकसँग बढ्दै गएको दूरीलाई निकट ल्याउन र प्रहरीको इमान्दारीता र सक्रियतामा विश्वास दिलाउन उनीमाथि ठूलो चुनौती छ । प्रहरीको वृत्ति विकासका साथै, पेचिलो बनेको निर्मला पन्त र कुर्मीका छानविनलाई पनि टुंगोमा पुर्याउनु पर्ने जिम्मा यिनैको काँधमा आएको छ । आन्तरिक स्रोत साधनले कमजोर संगठनलाई सुदृढीकरण गर्न पनि उनीमाथि चुनौती थपिएको छ ।
पटक पटक नागरिकलाई जवरजस्ती गरेर मानव अधिकार हननको आरोप खेप्दै आएको प्रहरील सीमामा हुने ओसार–पोसार, भन्सारमा तैनाथ भएको प्रहरी विवादमा हुने नजीरको पनि अन्त्य गर्नु पर्ने छ ।

प्रहरी संगठनभित्र विगतका वर्षहरु देखि नै गिजोलिएका त्यस्ता अनेकन समस्यालाई समाधान गर्न महानिरीक्षक कुँवरलाई चुनौतीका साथै अवसर पनि नरहेको भने होइन । प्रहरी संगठनभित्र हुने राजनीतिक हस्तक्षेपलाई सम्हालेर लान सके उनको दुई वर्षे कार्यकाल सफल हुने सम्भावना पनि बढी नै छ ।

राजनीतिक दवाव र नेताको आफू खुशी संगठनलाई प्रयोग गर्ने प्रवृत्ति देशैभर मौलाउँदै गएको वास्तविकता हो । यसबाट गृह छानो भएको प्रहरी संगठन अछुतो हुने कुरै भएन । ठूलो सफलता हात पार्न क्षमताका साथै नेतृत्वको चाकडी गर्नै पर्ने सत्यतालाई कोही कसैले नकार्न सक्दैन । यस्तोमा राजनीतिक नेतृत्वालाई रिझाउनका साथै अनावश्यक हस्तक्षेपमा अस्वीकार गर्ने आँट पनि गर्नु पर्छ ।