Breaking

पहाडी भेगमा वर्षाको सम्भावना


काठमाडौँ – आज (आइतबार) पनि देशका पहाडी भेगमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार देशका बाँकी पहाडी भेगका एक दुई स्थान भन्नाले गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक प्रदेशका पहाडी भेगका जुनसुकै एक दुई ठाउँमा पानी पर्ने जनाएको छ ।

वर्षाको सम्भावना भएका स्थानबाहेक आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसबाहेक राति कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।