Breaking

देउवा–ओली मिलाउँदै प्रचण्ड, मझधारमा बसेर सत्तामा रजाइँ, प्रचण्डको पद खोस्ने काँग्रेस नीति, पद गुम्ने डर


काठमाडौँ — प्रधानमन्त्री प्रचण्डका लागि सत्ता गठबन्धनमा आवद्ध ११ दललाई सन्तुलन मिलाउनै सकस छ । तथापी उनी सबै दललाई मिलाएर लैजान राष्ट्रिय सहमतिकै लाइनमा छन् ।जसका कारण उनीमाथि ढुलमुले बनेको आरोप लागिरहेको छ । राष्ट्रपति काँग्रेसलाई दिनकै लागि राष्ट्रिय सहमतिको खोजी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै रोकिएका छैनन् । शनिबार पनि उनले पुनः राष्ट्रिय सहमतिकै विषय दोहो¥याए ।

तर कसलाई के दिनका लागि हो स्पष्ट छैन । किनकि प्रधानमन्त्री प्रचण्ड मझधारमै बसेर सरकार सञ्चालनलाई सहज बनाउने पक्षमा छन् ।यसका लागि एमाले पनि सकभर सहमतिमै आइदिए हुन्थ्यो भन्ने उनको बुझाई छ । किनकि प्रचण्डमा पद गुम्ने डर छ । जसबारे काँग्रेसले पनि प्रधानमन्त्री डरमा रहेको भन्दै ढोल पिट्न सुरु भएको छ

काँग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएपछि गठबन्धनभित्रको आधा भागबण्डा यसै टुंगिएको थियो । सहयात्रामा जोडिएका दलहरुलाई पनि हैसियत अनुसारको दिएर बाँडफाँड टुंग्याइसक्नुपथ्र्याे । तर एमाले छोडि काँग्रेसको कित्तामा उभिएका प्रचण्डले अहिलेसम्म लिग समाएका छैनन् । ‘कित्ता क्लियर’भएर एउटा लाइनमा देशलाई लिइसक्नुपर्नेबेला प्रचण्ड फेरि राष्ट्रिय सहमतिको खोजीमै अलमलिएका छन् ।

यसलाई काँग्रेसले पद गुमाउने डर रहेको रुपमा अथ्र्याईरहेको छ । किनकि उनको अलमल कित्ता क्लिएरमात्रै नभएर सरकार विस्तारमा पनि परेको छ । चैत ६ मा विश्वासको मत लिएपछि दुई÷चार दिनमै सरकार विस्तार गरिसक्ने बताएका उनले भाका सकिएपनि भागबण्डा टुंग्याएका छैनन् ।

एमाले सहभागि सरकारबाट पनि माओवादी पछि हट्न आनाकानी गरिरहेको छ । फागुन १२ मा नयाँ गठबन्धन बनेपछि केन्द्रीय सरकार त फेरबदल भयो, तर एक महिना वितिसक्दा पनिएमाले अझै तीन प्रदेशको नेतृत्व गरिरहेको छ । माओवादीले समर्थन फिर्ता लिएर सरकार ढाल्न भूमिका खेलेको छैन । यसले गठबन्धनभित्रै अविश्वास बढाइरहेको छ । तथापी ठूलो दबाबपछि शुक्रबार माओवादीका मन्त्रीले गण्डकी प्रदेश सरकारबाट राजीनामा दिएका छन् ।

शनिबार काँग्रेसले एमालेका मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको छ । यो अवस्थामा एमाले अध्यक्ष ओलीले आफ्नो सरकार अझै चल्ने दाबी नै गरेपछि काँग्रेस लगायतका दलहरु आशंकित छन् ।त्यसमाथि पछिल्लो समय एमाले–समाजवादीका नेताहरु भेटघाट र संवादका लागि तयार हुन थालेका छन् । तर प्रचण्डप्रति ओलीको झोक भने घटेको छैन ।

आफुले गुमाउनुका कारण प्रचण्डलाई बनाएका ओलीयो बीचमा काँग्रेससँग सहकार्य खोज्ने अवस्थामा पुगेपनि असफल भएपछि दोस्रो विकल्पको खोजिमा छन् ।मन्त्रीमण्डल विस्तार र भागबण्डाका विषयमा गठबन्धनभित्र भाँजो खोजिरहेका ओली यसैलाई दाउ बनाउने नीतिमा छन् ।

काँग्रेस नेतृत्वकै गठबन्धनमा रहेपनि आफु सधैं पेलानमा रहने बुझाई प्रचण्डको छ । चुनावअघि पनि काँग्रेसभित्रबाट पेल्न खोजेको विषय प्रचण्ड–माधवले पटकपटक सार्वजनिक गरेका थिए । अहिले प्रचण्ड कसैको मित्र वा कसैको शत्रु बन्न नखोज्नुको कारण पनि त्यही हुनसक्छ ।राजनीतिक सम्भावनाको खेल भएकाले यसले उनलाई पाँचै बर्ष सत्तामा रहनसमेत मद्दत गर्न सक्छ । फलतः उनी मझधारको बन्न खोजिरहेका छन् ।