Breaking

प्रचण्डलाई कहिलेसम्म बोक्छ काँग्रेस ? गगनले प्रचण्ड तर्साए, ओली–प्रचण्ड किन मिल्न सक्दैनन् ?


काठमााडौँ — सरकारको नेतृत्व गर्ने प्रस्ताव एमालेबाट आएर पनि काँग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरिदिए ।प्रचण्डलाई सफल बनाउन लागिपरेका देउवाले सत्ताकै प्रस्तावलाई आँखा चिम्लीएपछि देउवा प्रचण्डको आगामी मजबुद सहकार्यबारे चर्चा भइरहेको छ । आखिर कहिलेसम्म चल्नसक्छप्रचण्ड–देउवा सहकार्यको यात्रा ?संसदका दुई ठूलाशक्तिलाई पाखा लगाएर तेस्रो शक्तिका नेता प्रचण्ड प्रधानमन्त्री बनेको विषय सिधा रेखाको राजनीति हेर्नेहरुलाई चित्त बुझेको छैन ।

तर संवैधानिक बाटो उल्लंघन नभएकाले औँला ठड्याउने बाटो पनि छैन । दाउपेचमै भएपनि प्रचण्ड सरकारलाई दुई महिना एमालेले बोकेपछि अहिले काँग्रेसले बोकिरहेको छ । तर हाल प्रचण्डको सारथी बनेका यी दुई दलको नेतृत्व आफैँ नेतृत्वमा पुग्न असफल छन् । जसले प्रचण्ड नै सधै सत्तामा रहने विकल्प खुल्ला गरेको छ ।

संविधान उल्ट्याउन ओलीले भूमिका खेलेको आरोप लगाएर प्रचण्ड–देउवा चुनावअघि नै समीकरणमा थिए ।तर त्यो समीकरण पदका लागि मात्रै थियो भन्ने प्रमाणित प्रचण्ड प्रधानमन्त्री बन्नकै लागि ओलीको कित्तामा पुगेपछि भयो । अहिले राष्ट्रपति पाउनकै लागि प्रचण्डमाथि काँग्रेसलेविश्वास खन्याएको हो भन्ने प्रमाणित हुँदैछ ।राष्ट्रपति पाएलगत्तै काँग्रेसलाई सरकारको नेतृत्व गर्ने रहर समेत पलाउँदैछ । तर पनि यतिचाँडै प्रचण्डको विश्वासमाथि कुठाराघात गर्ने मूडमा देउवा छैनन् । त्यसो भए देउवाले प्रचण्डलाई कतिञ्जेल बोक्लान्? जतिञ्जेल ओली–प्रचण्ड मिल्नै नसक्ने सुनिश्चित हुन्छ ।

किनकि काँग्रेस चाहन्छन्, नेपालका कम्युनिष्टहरु फुटेर छिन्नभिन्न भएको हेर्न । जसमा ओली, माधव र प्रचण्ड तीनतिर फर्किएपछि देउवा सफल पनि भएका छन् । तर सरकारमा जान हतारिएर पुस १० कै जस्तो ओली–प्रचण्ड मिलाउन देउवा चाहँदैनन् । यसका लागि स्थायी रुपमै ओली–प्रचण्डबीच कार्यगत एकता, सहकार्य वा पार्टी एकतानै नहुने अवस्था बन्छ, त्यसपछिमात्रै प्रचण्डलाई ‘किक’ हान्ने नीतिमा देउवा पुग्ने काँग्रेसभित्रै विश्लेषणछ ।जुन बैशाख नभएर आगामी ६ महिना वा १ बर्षभित्रहुनसक्छ ।किनकि सरकारमा पुगेपछि प्रचण्डका अपाच्य गतिविधिबाट काँग्रेस तर्सिएको छ, र तर्साईरहेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेस नै हाबी छ । तर पछिल्ला निर्णयमा मनलाग्दी चलेका प्रचण्ड एक कदमअघि बढेर साहसीक बन्ने प्रयत्न गरिरहेका छन् । फलतः उनले संसदको ३२ सिटे माओवादीबाहेक २४३ संख्याले स्वीकार्न तयार नभएको जनयुद्ध दिवसलाई राष्ट्रिय विदादिए । आफ्नै पूर्व कार्यकर्तालाई ८० करोड राज्यको ढुकुटी बाड्ने निर्णय गरे । जसको मतियार काँग्रेस बनेको छ । जनयुद्ध दिवस घोषणा गर्दा प्रचण्डको मतियार बनेको एमाले र राज्यको ढुकुटी पूर्व अयोग्य लडाकुलाई बाड्ने निर्णय गर्दा मतियार बनेको काँग्रेसबीच खासै फरक छैन ।

एकतर्फी ८ हजार बढीलाई राष्ट्रिय शहीद घोषणा गर्नेदेखि नागरिकको गोपनियतामा घुस्ने दूरसञ्चार विधेयक ल्याएर सरकार आलोचित बनेको छ ।रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान सहयोग कटौती गर्ने निर्णयबाट एकहप्तामै पछि हटेको छ । यसले उनी सरकारमा बसेर माओवादीबाहेकका मन्त्री नभएको मौकामा मनलाग्दी रुपमा आलोकाँचो निर्णय गर्न हौसिएको देखाउँछ ।तर सत्ता प्राप्तका लागि काँग्रेस चुप छ ।

तथापी विदेशी खुपिया एजेन्सीहरुको ‘खबरीलाल’ नै बनेको काँग्रेस उताबाट निर्देशन आएपछि पनि यता प्रचण्डलाई बोक्न छोड्ने विश्लेषण भइरहेका छन् । काँग्रेस तब सफल हुन्छ, जब प्रचण्ड असफल हुन्छन् ।सत्ताको रसातलमा पु¥याएर प्रचण्डलाई असफल बनाउने, त्यसपछिमात्रै सत्ताको नेतृत्वमा पुग्ने दाउ पनि देउवाको हुनसक्छ ।