Breaking

चार प्रतिस्पर्धीलाई उछिन्दै कुँवर ३० औं आइजीपी, धिरजप्रतापले पाए अवकाश, वरियतामा सरकारको प्राथमिकता


काठमाडौँ — नेपालप्रहरीको ३० औँ महानिरिक्षकमाएआइजीबसन्तकुवँर नियुक्तभएकाछन् । आज बसेको मन्त्रीपरिषद् बैठकले बरियताक्रममा एक नम्बरमा रहेका कुवँरलाई नै महानिरिक्षकमानियुक्तगर्ने निर्णय गरेको हो । र उनले भोलीबाटै जिम्मेवारी सम्हाल्ने छन् । नेपालप्रहरीको प्रमुखमाप्रहरी अतिरिक्तमहानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्तभएकाछन् ।

उनीआजै बसेको मन्त्री परिषदको बैठकले ३० औँ महानिरिक्षकका रुपमानियुक्तभएकाहुन् । यस अघिकाअधिकांशप्रहरी अधिकृतहरुले बरियतालाई मिचेर सरकारले आफ्नो नजिककाप्रहरी अफिसरलाई महानिरिक्षक बनाएको भन्दै राजीनामा, मुद्यामामिलासम्म गरेका थिए ।

सम्भवतपुनत्यो दृश्य पुननदोहोरियोस भनेर नै मन्त्रीपरिाषद्ले कार्यक्षमतामुल्यांकनकाआधारमापहिलो बरियातामा रहेका भर्खरै एआईजीमाबढुवाभएकाकुवँरलाई नै आइजीपीमानियुक्त गरेको हो । आईजीपीबढुवामाकुँवरसहितएआईजी टेकप्रसाद राई, दीपकथापा, श्यामलालज्ञवाली र किरणबज्राचार्य प्रतिस्पर्धामाथिए ।गृह मन्त्रालयले असार ८ गते पहिलो नम्बरमाडीआईजीबढुवा गरेपछिकुँवर वरियतामाअगाडिआएकाथिए । एआईजीबढुवासम्मआइपुग्दाउमेर विवादका कारणअर्का दाबेदार अशोक सिंहले राजीनामादिएपछिउनीमहानिरीक्षककालागिबलियो प्रतिष्पर्धी बने ।

कुवँरलाई नेपालीकाँग्रेससंग निकट रहेको भन्ने चर्चा गरिन्छभने आइजीपीकाअर्का आकांक्षिदिपकथापाप्रधानमन्त्रीपुष्पकमलदाहालसंग निकट सम्वन्धमा रहेको चर्चा हुने गर्दछ । कतिपयले गृहमन्त्रालयसमेत सम्हाली रहेका प्रधानमन्त्रीप्रचण्डले एआइजीदिपकथापालाई महानिरिक्षक बनाउने सम्भावनाकाबारेमा समेत अनुमानहुने गरेको थियो । तर सरकारले बरियतालाई तोडमोड नगरेर राम्रो निर्णय गरेको सुरक्षाद्हिरुको तर्क छ ।

यस अघिआइजीपीमाधिरजप्रताप सिंह नियुक्तहुँदाआइजीपीकाअर्का आकांक्षिविश्वराजपाखरेल मुद्यामामिलामागउकाथिए र अदालतको फैसला समेत आफ्नो पक्षमानआएपछि राजीनामा गरेका थिए । आजनियुक्तभएकानयाँआइजीपीकालागिशान्ति सुरक्षा र संगठनभित्रको आन्तरिक सुद्धिकरणप्रमुखकर्तव्य हो । प्रहरीलाई नजिक र सुसम्वन्धमा राख्नखोज्ने, हिमचिमबढाउनखोज्ने र त्यस्तो सम्वन्धलाई देखाएर नाजायजलाभलिनखोज्नेहरु संधै आइजीपीको नजिक रहनखोजदछन् । यस्ता कार्यमानवनियुक्तआइजीपी सजगबन्नै पर्छ ।

हालको ३० वर्षे सेवाअवधिकायमै रहे कुवँरलेझण्डै दुई वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । कुँवर डिआइजीछँदामधेशप्रहरी प्रमुखथिए । एसएसपीछँदाउनले उपत्यकाअपराध अनुसन्धानकार्यालयको नेतृत्व समेत गरेका थिए ।अर्घाखाँचीकाकुँवरले शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनीप्रहरीभित्रहक्की स्वभावकाव्यावसायिकअधिकृत मानिन्छन् ।