Breaking

उत्तर कोरियाले ग¥यो पानीभित्र आक्रमण गर्ने ड्रोनको परीक्षण, अमेरिकालाई आक्रमण गर्ने चेतावनी


काठमाडौँ — उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको परीक्षण गरेको छ । सोही ड्रोनले पानीभित्र आणविक आक्रमण गरी सुनामी उत्पन्न गर्ने र पानीजहाज तथा बन्दरगाहहरु ध्वस्त गर्न सक्ने जनाएको छ । योसंगै उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई पानीमुनि ड्रोन आक्रमण गर्ने चेतावनी समेत दिएको छ । विश्वकै सर्वशक्तिमान् राष्ट्र अमेरिकालाई अप्रत्यक्ष्य टक्कर दिने विश्वका नेताहरुमा रुसका भ्लादमिर पुटिन र चीनका चिजिनपिङ भएपनि प्रत्यक्ष रुपमा टक्कर दिने नेता किमजोङलाई नै लिइन्छ । विश्वका लागि किमजोङ टाउको दुखाई बनेका छन ।

विश्वमा तरङ्ग सधैँ उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले नै ल्याएको हुन्छ । कहिले हाइड्रोजन बम मिसाएर ६ म्याग्निच्युडको भूकम्प ल्याउने गरी, कहिले जापानको आकासको बाटो हुँदै क्षेप्यास्त्र हानेर त कहिले अमेरिकाको यो वा त्यो सहरसम्म मारहान्न सकिने भनेर उत्तर कोरियाले तरङ्ग ल्याउने गरेको छ । तर यतिखेरको तरङ्ग भने पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको परीक्षण उत्तर कोरियाले गरेको छ । उक्त ड्रोनले ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टा १२ मिनेटसम्म सफलतापूर्वक काम गरेको दावी गरिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले ड्रोन परीक्षणलाई दिशानिर्देश गरेको र वासिङटन तथा सउललाई उत्तर कोरियाको आणविक क्षमताको महसुस गराउने बताएकोे छ ।

समुद्री क्षेत्रमा शत्रुहरुमाथि निशाना लगाउन उत्तर कोरियाले ड्रोन परीक्षण गरेको जनाएको छ । उक्त ड्रोन परीक्षण गरे लगतै उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई पानीमुनि ड्रोन आक्रमण गर्ने चेतावनी समेत दिएको छ । यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाको पछिल्लो चेतावनी हो । अहिले दक्षिण कोरिया र अमेरिकाले युद्धाभ्यास गरिरहेको छ । विगतका वर्षहरूमा दुवै देशले यति ठुलो परिमाणमा यस्तो युद्धाभ्यास नगरेको बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाले आफ्नो लापरवाही उक्साहटको मूल्य चुकाउनु पर्ने वाचा गरेको छ । उनले उत्तर कोरियाले लगातार आफ्नो आणविक हतियार क्षमताको विकास गरिरहेको बताएको छ । बारम्बार क्षेप्यास्त्र परीक्षण र अमेरिका साथै दक्षिण कोरियामाथि नै आक्रमण गर्ने धम्कीबाट अमेरिकाले के जबाफ देला त ? प्रतिक्षाकै विषय बनेको छ ।