Breaking

अब ओली–प्रचण्ड–नेपाल एक हुने सम्भावना कति ? विद्यादेवी भण्डारीको पुनरागमनको आशा किन ?


काठमाडौँ — नयाँ समिकरण बनेर सरकार समेत विस्तार नहुँदै तत्कालिन नेकपा व्युताउने विषय चर्चामा आएको छ । निवर्तमान राष्ट्रपति सक्रिय राजनीतिमा फर्किन सक्ने विश्लेषणकावीच यो चर्चालाई चासोपुर्वक समेत हेरिएको छ । जसका लागि ओलीले राष्ट्रपति अफर गर्दा अस्वीकार गरेका माधव नेपाल नै लागि पर्नुले कतिपयले यसलाई वार्गेनिङको अस्त्रका रुपमा समेत अथ्र्याएका छन । मंसिर चारको निर्वाचनपछि सांसदको सपथ ग्रहण तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथका क्रममा देखिएको दृश्यले एकाएक नेपाली राजनीति गर्माएको थियो ।

मुसुक्क मुस्काएका एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको फोटो अनि प्रचण्ड समेत ओलीसंग मिल्नुले विभिन्न कोणबाट विश्लेषण नै सुरु भयो । कसैले वाम धुव्रिकरणको त कसैले पुरानै नेकपा व्युतिने संकेत देखेको यो परिस्थितीले प्रचण्डले राष्ट्रपतिमा लगाएको राष्ट्रिय सहमतीको रटानलेअझ उचाई पायो । कतिपयले माधवलाई प्रचण्डले समिकरणमा समेट्न खोजेको तर्क गर्दा माओवादी कांग्रेससंग जान चाहेको बुझेका ओलीले यहि अश्त्र नै प्रयोग गरे । अर्थात माधवलाई राष्ट्रपति अफर गर्ने अवस्था सम्ममा ओली पुगे । तर माधवले अस्वीकार गरेपछि कांग्रेसको सत्तारोहणको यात्रामात्र सुरु भएन कम्युनिष्टहरुबीच फेरि दुईचिरामा विभक्तको अवस्था सिर्जना भयो ।

आज उनै माधवले यसलाई पुन चर्चामा ल्याईदिएका छन । गठबन्धनमा भागवण्डामा खुम्चिने अवस्थामा पुग्दैगर्दा उनले सार्वजनिक मञ्चबाटै नेकपा ब्युँताउन प्रस्ताव गरेका हुन । आजमात्रै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपा ब्युँताउन प्रस्ताव गरेको बताएका उनले ओलीमा त्यो हिम्मत छ भनेर प्रश्न समेत गर्न भ्याएका छन । अझ अघि बढेर उनले राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि नेकपा ब्युँताउन प्रचण्ड सहमत भएपछि ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको समेत खुलासा गरेका छन ।

निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुने चर्चा तथा एमाले पाँचबर्ष सत्ताविहिन हुनुपर्ने अवस्थाका वीच यसलाई चासोका साथ हेरिएको छ । अहिले पनि एमालेभित्र पनि वाम एकताको विकल्प नभएको बताउने एक तप्का छ भने प्रचण्डको युटर्न समेत यहि एकताको सम्भावना नभएकैको नतिजा भएको बुझाई समेत छ । जहाँ देउवाले गल्ती महसुस गर्दै प्रचण्डलाई आफ्नो ढोक्सामा पार्दा ओलीले भने काकताली परेको पद समेत आफ्नो गलत कार्य प्रमाणित गर्न गरेको हठका कारण जोगाउन नसकेको तर्क समेत वलियो बन्दै गएको छ ।

यसको विकल्प विरासत पनि वोकेको तथा विगतमा नेकपा विवादमा समेत मध्यस्थताका गरेकी तत्कालिन राष्ट्रपति भण्डारी हुनसक्ने चर्चा समेत छ । यद्यपी एमालेकै एक हिस्सा भने घुमाउरो पारामा उनलाई रोक्न खोजिरहेको रणनितिले छ । जुन कतै यहि वृहत वाम एकताको सम्भावना देख्ने तर आफ्नो भविष्य नदेख्नेहरुको चाल त हैन्न भन्ने विश्लेषण समेत । जहाँ धोका दिनेलाई वोकेर फेरि तर्सिएका ओली प्रचण्डकै लागि समेत भण्डारीको नेतृत्व नै मिलनविन्दु हुनसक्ने सम्भावनालाई समेत नर्कान सकिदैन । हुन त सत्तामा चाउरिने र आफ्नो माग पुरा नहुने देखेका माधवले यस्तो प्रस्ताव गर्नु वार्गेनिङको अश्त्र भएको विश्लेषण समेत छ ।

तर आफै कम्युनिष्टको केन्द्र बन्न नसक्ने अनि ओलीलाई समेत स्वीकार्न नसक्ने उनीहरुका लागि कांग्रेस वोकेर कहिलेसम्म यात्रा गर्ने प्रश्न समेत छ । जहाँ एमालेभित्रै पनि वृहत कम्युनिष्ट एकता हुने र आफ्नो पनि पालो आउने आशामा डा.भीम रावल जस्ता नेताहरु छन । उनीसहित राष्ट्रपति निकट अन्य नेताहरु भण्डारीले देखाएको चासोले खुसि छन । तर उनको व्यवस्थापनकै लागि राष्ट्रपति बनाएका ओली र उनको आसपासेको घेरा तोड्दै अघि बढ्नुपर्ने चुनौतीमा रहेकी भण्डारीले नै त्यसको प्रयास गर्लिन त भन्ने अर्को प्रश्न समेत छ ।