Breaking

रास्वपाले उपचुनावमा गठबन्धन नगर्ने


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो वैशाख १० गते हुन लागेको उपचुनावमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज (शुक्रवार) बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १ चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनविना उम्मेदवारी दिने निर्णय भएको छ ।