देश

दयाहाङ राई र मिरूना मगरको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक


अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म जारी को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । लिम्बु समुदायको प्रेमकथामा आधारित फिल्ममा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरूषले गर्नु परेको संघर्षलाई देखाइनेछ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।