विदेश

भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज


काठमाडौँ — चार वर्ष पुरानो आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजायको फैसलापछि भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । हिजो बिहीवार गुजरातको सूरत जिल्ला अदालतले कांग्रेस नेता गान्धीलाई दोषी ठहर गर्दै सजाय सुनाएको एक दिनपछि आज शुक्रवार संसद्को तल्लो सदनको कार्यालयले सांसद पद खारेज भएको निर्णय सुनाएको हो । राहुल गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद पदमा निर्वाचित हुनुभएको थियो ।

उहाँ अहिले ३० दिनका लागि जमानतमा हुनुहुन्छ र अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताउनुभएको छ । सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी ९बीजेपी० विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिनुभएको थियो ।