काठमाडौँ — मधेश आन्दोलनबाट उदाएका परम्परागत मधेशवादी शक्तिहरु निरन्तर ओरालो यात्रामा छ । मधेश केन्द्रित शक्तिहरु नै आपसमा भिड्दा आफ्नै विरासत जोगाउन धौ धौ परिरहेको छ । आम निर्वाचन पछि मधेश उदाएका नयाँ मधेशवादी दल र पुरानो पार्टी जसपाबीचको चरणवद्ध भिडन्त थप चासोपूर्ण छ ।
मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका मधेशको मुद्धालाई भ¥याङ बनाउँदै संधै जसो सत्तामा पुगेका जसपा अध्यक्ष उपेन्द्र यादव गत निर्वाचनमा चुनाव हारे । सप्तरी दुईमा झन्डै दोब्बर मतान्तरले यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्षसिके राउतविजयभए । मधेशमा सिके राउतको उदय यादवका लागि चुनौति बनिरहेको छ । मधेशकै मुद्धा आफ्नो प्रमुख राजनीतिक एजेन्डा भए पनि यी दुईबीचको टकराव थप उत्कर्षमा छ । एउटै गठबन्धनमा रहेर पनि उपराष्ट्रपति निर्वाचनमा सिके राउतले जसपा विरुद्ध उम्मेदवार उठाए । भलै गठबन्धनको बलमा जीत जसपाको भएपनि उपराष्ट्रपतिमा चुनावी प्रतिस्पर्धा गरे । लगत्तै यी दुई दल अर्को प्रतिस्पर्धाको तयारीमा जुटि सकेका छन ।
वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर दुईमा उनीहरुको नजर छ । एउटै गठबन्धनमा रहेका जसपा र जनमत चुनावी तयारी छन । बारा दुईमा गठबन्धनको उम्मेदवार जसपाबाट हुनु पर्ने अडान सहित लविङ सुरु गरेका छन
सप्तरी दुईमा चुनाव हारेर रण भुल्लमा परेको जसपा अध्यक्ष उपेन्द्र यादव बारा दुईबाट चुनाव लड्दै संसदीय यात्राको पखाईमा छ । आफु चुनाव लड्नकै लागि राम सहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाए । यस उनी सफल पनि भए । तर बारा दुईमा चुनाव जित्दै संसदीय यात्रा तय उपेन्द्रका लागि कम सहज छैन ।
यादवको संसदीय यात्रामा पुर्न अगम नगर्ने सपना थप संकट उन्मुख देखिन्छ । जसपा अध्यक्ष यादव गठबन्धनमा उम्मेदवार हत्याउने होडमा लाग्दा जनमत पार्टी अध्यक्ष सिके राउत, महामन्त्री आफ्नो जम्बो टोली नै मधेशको मन जित्ने गतिविधिमा छन । निर्वाचन क्षेत्रमा जनताको घर–घर पुगिरहेका छन । जनता फकाउन भ्याईन भ्याई छन । सिके राउत सबै छाडेर मधेश केन्द्रित बनेका छन ।


प्रतिक्रिया