विदेश

कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय, डर देखाउने प्रयास भइरहेको आरोप


काठमाडौँ — भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई एक अदालतले २ वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको हो । तर गान्धी जेल भने जाने छैनन । किनकी जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न समेत आदेश दिइएको छ । बिहीबार भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई ४ वर्ष पुरानो अपराधिक मानहानी सम्बन्धी मुद्दामा २ वर्षको जेल सजाय सुनायो ।

गुजरातको सुरत अदालतले लगत्तै उनलाई धरौटीमा छाड्ने आदेश दियो र माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय पनि । गान्धीले सजाय पाएको घटना सन् २०१९ को हो । त्यतिबेला उनले मोदी थरप्रति एउटा टिप्पणी गरेका थिए सबै चोर चाहे निरव मोदी, ललित मोदी होस् वा नरेन्द्र मोदी नै, उनीहरुको थरमा मोदी किन छ ?

उनको यो भनाइलाई लिएर मुद्दा दायर गर्नेले अधिकतम सजाय माग गरेका थिए । अदालतले माग अनुसार नै सजाय तोक्यो । अदालतमा सुनुवाइका बेलामा गान्धी पनि उपस्थित थिए । उनका वकिलका अनुसार सुनुवाइका क्रममा गान्धीले आफ्नो भनाइबाट कुनै पनि समुदायप्रति ठेस पु¥याउन नचाहेको बताएका थिए । अदालतले २ वर्षको जेल सजाय सुनाएलगत्तै राहुलले भने कांग्रेसले राहुल गान्धीले तानाशाहको विरुद्ध आवाज उठाउने गरेको भन्दै उनलाई आयकर विभाग, प्रहरी मुद्दा तथा सजायबाट डर देखाउने प्रयास भइरहेको आरोप लगाएको छ ।

भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अनुसार मुद्दा दायर गरिएको थियो । धारा ४९९ अनुसार आपराधिक मानहानी मामिलामा अधिकतम २ वर्षको जेल सजायको व्यवस्था छ । आफ्नो माग अनुसार अदालतले अधिकतम सजाय सुनाउने आदेशलाई रिट दायर गर्ने पुर्णेश मोदीले स्वागत गरेका छन् । अदालतलको यो आदेशबाट राहुलको वर्तमान सांसद पद धरापमा परेको छैन । किनकी उनीमाथि पुनरावेदनको लागि ३० दिनको समय छ । अदातलले दिएको सजाय विरुद्ध राहुलले पुनरावेदन गर्ने उनको वकिलले बताएका छन् । भारतमा सत्ता पक्ष र प्रतिपक्षको यो द्वन्द्व चलिरहेको अबस्थामा नरेन्द्र मोदी साँचिकै प्रतिपक्षसँग डराएकै होत भन्ने प्रश्न उठेको छ ।