Breaking

सुजल श्रेष्ठले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा


काठमाडौँ — नेपालमा फुटबल खेलाडीहरुको भविश्य राम्रो छैन भन्ने कुरा प्रत्यक्ष देखिन थालेको छ । राष्ट्रिय खेलाडीहरु आफ्नो करियर फुटबलमा नदेखे पछि बिदेश पलायन हुने क्रम जारी रहेको छ । फुटबल खेलेरै परिवार पाल्न नसक्ने अवस्था, भबिश्यको चिन्ता , फुटबल खेलमा देखिने राजनीतिक प्रभाव, दैनिक जसो ब्यवसायिक हिसाबका प्रतियोगिताहरु नहुनु नै फुटबल प्रतिको बितृष्णा देखिन्छ । यस्तै बिदेश पलायन हुने खेलाडीहरुको लिस्टमा अर्को नयाँ नाम थपिएको छ । राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहिसकेका सुजल श्रेष्ठ उनि नेपाल छाडेर अस्ट्रेलिया पलायन हुनुअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

सुजलसँगै नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका रन्जित धिमाल पनि बिहीबार (आज) राति १२ बजेको उडानबाट अस्ट्रेलिया जाँदैछन् । उनीहरुले बेनी एफसीबाट अस्ट्रेलियामा स्थानीय फुटबल खेल्ने बताएका छन् । राष्ट्रिय टिमबाट सन्यास लिएको जानकारी दिँदै सुजलले आफ्नो भविष्य र साथीहरु पनि उतै रहेकाले अस्ट्रेलिया यात्रा रोजेको बताएका छन् । उनी जारी शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्रबाट खेलिरहेका थिए ।

सुजलले टिममा युवा खेलाडीको आमगनसँगै आफ्ना विदाइको सही समय भएको बताएका छन् । ‘मेरो लागि यो नै सन्याशको उपयुक्त समय जस्तो लाग्छ । टिममा क्षमतावान युवा खेलाडीहरु आइरहेका छन् । उनीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने सोचेँ,’ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुको कारणबारे सुजलले भने ।