Breaking

रुस र चीनको नयाँ सम्झौता, युक्रेनलाई हुनसक्छ यस्तो हानी, नयाँ युगको सुरुवात भयो सी


काठमााडौँ — रुस र चीनबीच आपसी सम्बन्धलाई थप उचाई दिने गरी नयाँ सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको रुस भ्रमणका क्रममा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँ सहमति भएको हो । पुटिनसँगको नयाँ सम्झौताले सम्बन्धमा नयाँ युग सुरू भएको सी को भनाई छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको रुस भ्रमणका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र सी बीच नयाँ सहमति भएको छ । रणनीतिक साझेदारीलाई नयाँ आयाम दिने गरी सम्झौता गरेर रुस–चीन सम्बन्धमा नयाँ युग सुरू भएको सीले बताएका छन् । यस्तै रुसी राष्ट्रपति पुटिनले ब्यवहारिक सहयोगमा आफूहरुको प्राथमिकता रहेको भन्दै सबैखाले सम्बन्धहरुलाई अघि बढाउने गरी सम्झौता भएको बताए ।

दुई नेताले आफूहरु सधैं शान्तिको पक्षमा रहेको भन्दै युक्रेन संकटको समाधान पनि वार्ताबाटै गर्न सकिन्छ भन्नेमा विश्वस्त रहेको बताइएको छ । भ्रमणको अन्त्यमा जारी गरिएको संयुक्त वक्तब्यमा युक्रेन संकटलाई नाटोमा आवद्ध देशहरुले उचालिरहेको आरोप लगाइएको छ । यस्तै चीनले अघि सारेको १२ बूँदे प्रस्तावमा आधारित रहेर शान्तिवार्ता अघि बढाउन सकिने पनि उल्लेख छ । जसमा युद्धविराम, वैधानिक सुरक्षा चासोमाथि सम्मान, युक्रेनको मानव संकटको समाधान, मस्को र कीभबीच बन्दीको आदानप्रदान र एकपक्षीय प्रतिवन्ध हटाउने लगायतका विषय रहेको थियो ।

सोही दस्तावेजमा द्वन्द्व समाधानको एक मात्र उपाय वार्ता भएको समेत उल्लेख छ । यसअघि सीले चीन र रुसलाई महान छिमेकी शक्ति र व्यापक रणनीतिक साझेदार भनेका थिए । मङ्गोलिया हुँदै रुसी ग्यास चीनमा पु¥याउन साइबेरियामा योजनाबद्ध पाइपलाइनमा सम्झौता भएको थियो । सीसँगको वार्ता समाप्त भएपछि संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनको द्वन्द्व समाधानको आधारको रूपमा लिन सकिन्छ, जब पनि पश्चिम र कीभ यसका लागि तयार हुन्छन् । तर रूसले अर्को पक्षबाट यस्तो तत्परता देख्न सकेको छैन उनले भने । रुसी नेतासँगै उभिएर सीले आफ्नो सरकार शान्ति र वार्ताको पक्षमा रहेको र चीन इतिहासको सही पक्षमा रहेको बताए ।

बेइजिङलाई सम्भावित शान्ति निर्माताको रूपमा प्रस्तुत गर्न खोज्दै उनले युक्रेनको द्वन्द्वमा चीनको निष्पक्ष स्थिति रहेको दाबी समेत गरे । तर यता नेटो प्रमुखले भने चीनले रसियालाई घातक हतियार पु¥याइरहेको कुनै प्रमाण देखेको छैन । तर उनले रुसले हतियारको अनुरोध गरेको र बेइजिङमा उक्त अनुरोधलाई विचार गरिँदैछ भन्ने संकेतहरू रहेको बताए । अन्तर्राष्ट्रिय फौजदारी अदालतले राष्ट्रपति पुटिनलाई युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको केही दिनपछि सी को रुस भ्रमण भएको हो ।