Breaking

ईन्द्र आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास


काठमाडौँ — कोशी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दल नेता ईन्द्र आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । आज मंगलबार ताप्लेजुङमा नेता आङ्बोमाथि आक्रमण प्रयास भएको हो । कोशी प्रदेश नाम राखेको विरोधमा आन्दोलनमा रहेका पहिचानवादी संगठनले आक्रमण गर्दा आङ्बो सवार गाडीमा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार फुङलिङ बजार जाने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण भएको हो ।

बजारभन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ । आक्रमण गर्नेको पहिचान नभएको बताउँदै लिम्बूले घटनाको अनुसन्धान भइहरेको बताए । आङ्बो पार्टीको कार्यक्रममा सहभागी हुन ताप्लेजुङ जाँदै थिए ।