समाचार

साइकल र्‍याली गर्दै मनाईयो विश्व मुख स्वास्थ्य दिवस


काठमाडौँ — कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भरतपुरले साइकल र्‍यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ ।

दिवसको अवसरमा अस्पतालले जनचेतना जागृत गर्न साइकल र्यालीको आयोजना गरेको हो । अस्पतालको प्राङ्गणबाट सुरु भएको साइकल र्याली दीपेन्द्रचोक, लायन्सचोक, पुल्चोक हुँदै गैंडाकोटको मौलाकालिका फेदी पुगेको थियो । सो र्‍याली पुनः कलेज प्राङ्गणमा आएर समापन भएको थियो ।

र्‍यालीमा सहभागीले मुख स्वास्थसम्बन्धी विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए । हरेक वर्ष मार्च २० मा विश्व मुख दिवस मनाइन्छ ।