अटो

कियाले ल्यायो नयाँ ‘कारेन्स’ नेपाली बजारमा


काठमाडौँ — कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमभिपी ‘कारेन्स’ बजारमा ल्याएको छ ।

कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज मार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो । कम्पनीले पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पारिवारिक कार भनेको छ ।

कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ । कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प भएको कम्पनीको विश्वास छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै आधुनिक परिवारले आदर्श मान्न सक्ने कारको लागि आवश्यक पर्ने सुरक्षा, स्पेस र स्टाइलका साथ आएको उल्लेख गरेको छ ।

यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल हिृवल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर जडान छ ।

यो दुई थरी पेट्रोल इन्जिनमा उपलब्ध छ । ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर एउटा इन्जिन र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटरमा उपलब्ध छ । ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ । १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ । कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ ।

कम्पनीले कारेन्स प्रिमियम १५ सय डिस्प्लेसमेन्टको मूल्य ४८ लाख ९० हजार र कारेन्स प्रेस्टिज १५ सयको डिस्प्लेसमेन्टको मूल्य ५२ लाख ९० हजार रूपैयाँ निर्धारण गरेको जनाएको छ ।