Breaking

पारस खड्का आबद्ध लायन्सले जित्यो “लिजेन्डस् क्रिकेट लिग” उपाधि


काठमाडौँ – लिजेन्डस् क्रिकेट लिगको उपाधि एसियन लायन्सले जितेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध लायन्सले फाइनल खेलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो ।

१ सय ४८ रनको लक्ष्य पाएको लायन्सले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लायन्सको जितमा ओपनरहरू तिलकरत्ने दिल्शान र उपुल थारंगाले अर्धशतकीय ईनिङ खेले । जायन्ट्सका लागि मोन्टि पेनिसर,समित पटेल र ब्रेट लीले समान १र१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । जायन्ट्सका लागि ज्याकक्विस कालिसले ५४ बलमा अविजित ७८ रनको अर्धशतकीय ईनिङ खेले । रोस टेलरले ३३ बलमा ३२ रन बनाउँदा लिन्डल सिमोन्सले १७ रन बनाए ।
लायन्सका लागि अब्दुर रज्जाकले २ तथा थिसारा परेराले १ विकेट लिएका थिए । यस खेलमा पारसले प्लेईङ(११ मा स्थान बनाए पनि ब्याटिङ गर्ने मौका भने पाएनन् ।