अटो

एनओजीको काठमाडौँ च्याप्टर राइड सम्पन्न


काठमाडौँ – टीभीएस मोट रकम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरूमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत शनिबार आयोजना भएको यस राइड नक्साल शोरुमबाट शुरू भएर नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरूबीच विभिन्न खेल पनि खेलाइएको थियो ।

साथै, सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदानगरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।