Breaking

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। त्यस्तै, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम र बाँकी भू(भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक(हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, देशको पहाडी र तराईका भू(भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक(हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।