काठमाडौँँ – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधससभामा पेस गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई द्वन्द्वपीडितका मागबमोजिम केही परिमार्जन गरेर वर्तमान सरकारले संसदमा लगेको हो । सरकारको तर्फबाट सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले आजको बैठकमा विधेयक पेस गर्नुभएको हो । यसैबीच प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदाहुँदै मन्त्रीमार्फत विधेयक पेश गर्न दिएको भन्दै आपत्ति जनाएको छ ।
०००
Breaking
प्रतिक्रिया