Breaking

रविले उपनिर्वाचन जित्ने पक्का, राहदानी मुद्दामा सफाई, प्रचण्ड बोक्दा लिङ्देन संकटमा परे, भ्रष्टाचारको आरोप


काठमााडौँ — पुराना राजनीतिक दलको ढंग नभएको भन्दै तौरतरिका सिकाउन राजनीतिमा होमिएका नयाँ दलहरु संकटको घडीमा छन् । जनतामा बढ्दै गएको अविश्वास र सत्ताप्रतिको मोहले उनीहरुको अस्तित्वमै प्रश्न उठ्न थालेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा आएको मात्र १० महिना भयो ।पाँच महिनामा चुनावमा गएर ६ महिनाभित्र सरकारमा सामेल भएको रास्वपा झण्डै सात महिना बित्दा बाहिरियो ।रास्वपाको जीवनमा यतिधेरै उतारचढाव आयोकी, रविले चाहेभन्दा धेरै पाए, तथापीपलभरमै सबथोक गुमाए ।

पहिलो लटमै उपप्रधानसहित गृह जस्तोशक्तिशाली ओहोदाको बागडोर सम्हाल्ने सौभाग्य पाएका रविले विरोधीका आँखाभरि रगत बनाए । नागरिकता मुद्धामा झिनो प्रक्रियागतत्रृटी गरेकै कारण मन्त्री र जनमतले भरिएको सांसद पद नै गुमाएपछि रवि फेरि उपनिर्वाचनमा जानु परेको छ । तर रविमाथि त्यतिबेलै प्रश्न उठ्न सुरु गरेको थियो, जतिबेला उनी गैरसांसद रहेकै अवस्थामा मन्त्री बन्न खोजे । गृहमा फर्किन नपाएपछि पार्टीबाट सरकारमा सहभागि मन्त्रीलाई पनि फिर्ता बोलाए । तर गठबन्धन फेरिएपछि पनि फेरि सत्तामै जान रास्वपाले गरेको कसरतका कारण अहिले रविमाथि सत्तालिप्साको आरोप लागिरहेको छ ।

सत्तामा पुगेपछिमात्रै रवाफ देखाउन पाइने भान्की रविमा परेको छ । वैचारिक तहमा रविलाई अपरिपक्क राजनीतिज्ञ भन्दै बहस छेडिएका छन् । एमाले नेतृत्वको गठबन्धन भत्किएर काँग्रेसको कित्तामा सत्ता पुगेपछि पनि रविले सरकारमा जान गरेको जोडबलकै कारण आलोचित छन् । गैरदलीय व्यक्ति पार्टीको एजेन्डा भएपनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर उपराष्ट्रपतिमा जनमतलाई सघाएको रास्वपाले सत्तासँगै निकट रहन संघर्ष गरेको सन्देशका रुपमा अर्थ लगाइएको छ ।

यसले रविको महत्वाकांक्षा र सत्ताप्रति अकुत आकर्षण देखिएको भन्दै विरोधीहरु रास्वपा पतनको बाटोमा अघि बढेको टिप्पणी गरिरहेका छन् । तर रवि यसलाई सकारात्मक ढंगबाट खण्डन गर्दै सत्तामा पुगेपछि मात्रै जनताका मुद्धा सम्बोधन गर्न सकिने अवसरका रुपमा हेरिरहेका छन् ।सम्भवतः रवि उपनिर्वाचन पनि जित्नेगरी जनताका बीचमा छन् । उनको पछिल्लो अपडेटलाई केलाउँदा चितवन दुईमा रविकै पक्षमा माहोल बनेको छ ।तर राहदानी मुद्धा ? नागरिकता मुद्धाकै कारण पद गुमाएका रविलाई राहदानी मुद्धाले रोक्ने सम्भावना छैन । किनकि शुक्रबारमात्रै प्रहरी परिसर काठमाडौं र सरकारी वकीलको कार्यालयले रविलाई क्लिन चिट दिएको छ । अर्थात रविमाथि अब मुद्धा चल्ने सम्भावना छैन ।

यद्यपी अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट हुने भएकाले रवि प्रचण्डसँगै निकट रहेर अघि बढ्न खोजेको टिप्पणी भइरहेका छन् । राजनीति राजनीति जस्तै गर्नुपर्छ । सहकार्य विचार मिल्नेसँगमात्रै हुन्छ । नत्र हाल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको जस्तै हुन्छ ।कहाँ गणतन्त्रको हिमायती पुष्पकमल दाहाल प्रचण्ड र कहाँ राजसंस्थाका अबशेष लिङ्देन । दुईबीच पुस १० मा सत्तामा सहकार्य त भयो, तर दुई महिना पनि सहकार्य टिक्न पाएन । किनकि राप्रपा सरकारमा सहभागि भएदेखि नै प्रधानमन्त्री प्रचण्डले खेद्न सुरु गरेका थिए ।अन्तिममा प्रचण्डबाटै तिरस्कृत भएर निस्किनु परेपछि लिङ्देनलाईपार्टीमा रविन्द्र मिश्र र ज्ञानेन्द्र शाहीजस्ता नेताहरुका अघि मुख देखाउनै लाज भएको छ ।

किनकि उनीहरुले रोक्दारोक्दै पनि लिङ्देन सरकारमा हाम फाल्न गएका थिए ।यसले पुरातनशक्तिको उदयीमान नेतृत्वमा स्थापित भएका लिङ्देनको छबिमाथि नै हिलो छ्यापेको छ । राप्रपा पतनकै बाटोमा अघि बढेको टिप्पणी भइरहेका छन् । किनकि सरकारमै सहभागि भएका बेला लिङ्देनमाथि अर्ब भ्रष्टारको आरोप लाग्यो । जुन व्यवस्थाको विरोध ग¥यो, उसकै भत्ता खान गएको भन्दै आलोचित हुनुपरेको छ । यसो हेर्दा, रवि–राजेन्द्रमाथि पनि संकट नै छ ।बल्लतल्ल सरकारमा जाने अवसर आउँछ, सरकारमा पुग्न नपाउँदै फर्किनुपरेको छ । काम गर्नसक्छु भनेर देखाउन पनि पाएको छैन ।

आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणित पुग्दैन । सत्ता बाहिर बसेरमात्रै पनि जनताका आकांक्षा पुरा गर्न सक्ने अवस्था छैन । फलतः रहर पुरा गर्नकै लागि सत्तामा गएपनि फर्किदा आलोचित हुनुपरेको छ । भत्किदै गएको छबि सुधार्ने संकट रास्वपा, राप्रपा दुवैमा परेको छ । रैथाने दलका तौरतरिकाभन्दा पर पुगेर नयाँ देखाउनुपर्ने बाध्यता छ । नत्र फोहोर सफा गर्न दलदलमा हाम फालेकाहरु फोहोरी भएरै निस्किनुको विकल्प हुनेछैन ।