Breaking

विश्वकप छनोटमा पुगेपछि नेपाली क्रिकेट खेलाडीलाई पुरस्कारको ओइरो


काठमााडौँ — आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेसंगै । नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको अवसरमा राष्ट्रपति प्रधानमन्त्रीदेखि आम नागरिकले सम्मान तथा बधाई दिनेको ओईरो लागेको छ । नेपाललाई विश्वकप छनोटमा पु¥याउने राष्ट्रिय क्रिकेट टोलीलाई केन्द्रिय सरकार, प्रदेश सरकार लगायत विभिन्न संघसंस्थाले बधाई तथा सम्मान गरेको छ ।

सम्मान गर्ने क्रममा नेपाल सरकारले सोझै विश्वकप छनोटमा पु¥याउने नेपाली क्रिकेट खेलाडीलाई जनही तीन तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई जनही तीन तीन लाख दिने घोषणा गरेका हुन । विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा बधाई तथा शुभकामना समेत व्यक्त गरे । खेलाडीले प्रदर्शन गरेको खेलकै कारण सबैजना खेलाडी धन्यवादको पात्र समेत बनेको बताए ।

त्यस्तै क्रिकेट टिमका खेलाडीहरुलाई बागमती प्रदेशले जनही एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेश सरकारको तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन । सुदूरपश्चिम प्रदेश सरकारले पनि २ जनालाई जनही दुई दुई लाख रूपैयाँ दिने भएको छ । राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही दुई लाख रूपैयाँ दिने घोषणा गरेको छ । मधेश प्रदेश सरकारले पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई दुई लाख रुपैयाँ पुरस्कार दिने घोषण गरेको छ । त्यस्तै शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिने भएको छ ।

आज भएको ए डिभिजन लिग अन्तरगत सशस्त्र प्रहरी र मनाङ मस्याङ्दीबीचको खेलमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गरिएको छ । टिकटबाट प्राप्त भएको सम्पुर्ण रकम नेपाल क्रिकेट संघ क्यानको खेलाडी कल्याण कोषमा हस्तान्तरण गरेको छ । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताउनु भएको छ । राष्ट्रिय क्रिकेट टोलीलाई शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताउनु भएको हो । उहाँले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउनु भयो ।

त्यसो त केन्द्रिय सरकार, प्रदेश सरकार, बैंक तथा निजी संघ–संस्था लगायत अन्य ठाउँबाट खेलाडीहरुलाई सम्मान गर्नु राम्रो कुरा हो । संरचना विना नै नेपालको सफल्ता अर्को सफल्ता चुम्नका लागि यि र यस्ता संस्थाहरुले संरचना बनाउने देखि लिएर अब आगामी दिनमा प्रशिक्षण गर्ने विभिन्न कुराहरुमा ध्यान दिएमा हाम्रो देशको खेलाडीले विदेसिन बाध्य हुने थिएनन । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको किर्तिपुर क्रिकेट मैदान अहिले संचालनमा छ । त्यो पनि त्रिभुवन विश्व विद्यालयको खेल मैदान हो । झण्डै ३० बर्षको इतिहास बोकेको यस मैदानले अझै पनि रंगशालाको रुप लिन सकेको छैन । यो सम्बन्धमा सरकार र सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।