Breaking

किर्तिपुर क्रिकेट मैदानले अझै लिएन रंगशालाको रुप,स्टेडियम बनाउने सरकारको योजना अलपत्र


काठमाडौँ — नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको किर्तिपुर क्रिकेट मैदान हो । त्यो पनि त्रिभुवन विश्व विद्यालयको खेल मैदान हो । झण्डै ३० बर्षको इतिहास बोकेको यस मैदानले अझै पनि रंगशालाको रुप लिन सकेको छैन । राज्यले स्टेडिम बनाउने भनेर दर्जनौँ ठाउँमा योजना अघि बढाएको छ तर सबै ठाउँमा अधकल्चो अवस्थमा छन् । खङग्रङ सुकेको यो रुखमा फेद देखि टुप्पै सम्म छपक्कै ढाकेर बसेको यो युवा जमात हेर्नुस् । उनिहरु घाँस दाउरा काट्नको लागि तछाडमछाड गरेर यो रुखमा चढिरहेका छैनन् । अनि उनिहरुलाईअलि कति पनि यहाँ बाट लडिएला, चोट पटक लाग्ला भन्नेकुराको प्रवाह छैन ।

उनिहरुलाई छ त केवल जसरी हुन्छ आफ्नो देशको समर्थनमा क्रिकेट हेर्नु छ ।एकमाथि अर्को चढेर मैदानतिर आँखा डुलाईरहेकाछन् ।यो नेपाली क्रिकेट माथि दर्शकले देखाएको अपार माया हो । सायद यही मायाले गर्दा पनि विहीबार युएई विरुद्धको खेलमा नेपाली खेलाडीहरु विस्फोटक रुपमा प्रस्तुत हुन हौसला मिल्यो । नेपाली समर्थकले चउर र रुखबाट समेत हुटिङ गरीरहेकै बेला खेलाडीलाई थप हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम मैदानमा पुगे । नेपालले हिजो युएई विरुद्धको खेल जिते पछि सरकारले जनही ३ लाख रुपैया दिने घोषणा गरेको छ ।

खेलाडीको सम्मान र हौसलाका लागि प्रधानमन्त्री प्रचण्डलाई सादुबाद तर, देशको राष्ट्रीय झण्डा सहीत रुखको अखेटोमा टेकेर क्रिकेट हेरीरहेको यो युवा जमातले राष्ट्रप्रति समर्थन मात्रै जनाईरहेको छैन । सँगसँगै अभाव पनि गिज्याइरहेको छ । सरकारले गंभिर रुपमा लियोस् ।देशमा एउटा पनि क्रिकेट रंगशाला छैन, जहाँ दर्शकले आरामदायी रुपमा बसेर खेलको मजा लिन सकून् । चार वर्षअघि नै एक दिवसीय मान्यता पाइसकेको देशमा एउटा रंगशालासमेत नहुनु ठूलो विडम्बना हो ।


नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको यो किर्तिपुर क्रिकेट मैदान पनि त्रिभुवन विश्व विद्यालयको खेल मैदान हो । झण्डै ३० बर्षको इतिहास बोकेको यस मैदानले अझै पनि रंगशालाको रुप लिन सकेको छैन। मैदान अन्तर्राष्ट्रियस्तरको भए पनि भौतिक संरचनाको दृष्टिले गरीब छ ।सरकारले त्रिभुवन विश्व विद्यालयको यो कृतिपुर मैदानको विकल्पका रुपमा मुलपानी क्रिकेट मैदानलाई अघि सार्यो । करौडौ रुपैया बजेट खर्चिएर बनेको मुलपानी क्रिकेट रंगशाला पूर्ण रुपमा संचालनमा आउन सकेको छैन् । यदी मूलपानी क्रिकेट रंगशाला खेलका लागि तयारी अवस्थामा हुन्थ्योत सायद आम नेपालीले यो दहसम्मको जोखिम मोलेर क्रिक्रेट हेर्ने युगको अन्त्य हून्थ्यो होला । धेरै विकसित देशको उदाहारण दिने हामी अहिले पनि रुखको हाँगामा झुण्डिएर आफ्नो देशको समर्थमा हुटिङ लगाउनु पर्ने अवस्थाबाट गुज्रिनु परेको छ ।

राजनीतिक दलका आसन र भाषणमा किर्तिपुर र मुलपानी क्रिकेट मैदान जिब्रोमै झुण्डिएको शव्द हो । तर यो चुनावताका समय आउने र त्यसपछि सेलाउने गरेको छ । तर हिजोको खेलपछि प्रधानमन्त्री प्रचण्डले रुखका हाँगामा झुण्डिएर समर्थन गरिरहेको युवा जमातलाई सम्झिएर पनि हुनुपर्छ क्रिकेट मैदानको आवश्यकता महसुस गरेकाछन् । प्रचण्डले हिजो नेपाल र युएई बीचको खेल हेरेपछि तत्काल चारै तिर देखिने स्कोर बोर्ड र फ्लट लाईट लगाउन निर्देशन दिएकाछन् ।

खेलाडी र दर्शकका लागि आवश्यक पर्ने स्टेडिम निर्माण भौतिक पूर्वाधारमा रकम खर्चिएर रंगशाला निर्माणमा सरकारले ठोस निर्णय लिओस । नेपालीहरुले खेल हेर्न रुखको टुप्पोमा बसेर जोखिम मोल्नु पर्ने दिनको अन्त्य होस । किर्तिपुरको घाँसे मैदानमाविहीबार देखिएको जनसागर र रुखका बुटाँमा देखिएका युवा जमातले सरकारलाई कुरीकुरी भनिरहेकोछ । सरकारले लाज ढाक्ने काम गरोस ।