काठमाडौँ — उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा)का नेता गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन । शिक्षण पेसा हुँदै राजनीतिमा प्रवेश गरेका यादव मुलुकको चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति हुन् । मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका यादवले उपराष्ट्रपतिमा निर्वाचित हुँदै राजनीतिक छलांङ मार्न सफल भएका छ । उपराष्ट्रपतिको चौथौ कार्यकालका लागि मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।
यादव मधेशी समुदायबाट उपराष्ट्रपतिमा निर्वाचित हुने दोस्रो व्यक्ति हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट राष्ट्रिय राजनीतिमा सक्रिय यादव गत मंसिरमा सम्पन्न आम निर्वाचनमा बारा दुईबाट निर्वाचित सांसद हुन् । २०६४ मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य, २०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर दुई बाट निर्वाचित सांसद हुन् । २०७८ मा बन तथा वातावरण मन्त्री भएर काम गरिसकेका छन । उनी जसपाको संसदीय दलका नेता समेत हुन् । २०२७ सालमा बाराको सिम्रौनगढमा जन्मिएका यादव २०४७ सालदेखि दलगत रुपमा नै सक्रिय राजनीतिमा छन । सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०६५ मा पछि मधेशी जनअधिकार फोरमको महासचिव चयन भएका थिए ।
यादवले २०७२ सालमा मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम, नेपालको महासचिवको जिम्मेवारी पाए । २०७५ सालमा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको पनि उनी महासचिव हुन् । २०७६ सालमा समाजवादी पार्टी र रास्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य थिए ।
मधेश जनविद्रोहका क्रममा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतत्व गरेको थिए । २०६२÷६३ को विद्रोहमा अर्धभुमिगत भएर संघर्ष गर्ने मध्येका हुन् । नवनिर्वाचित उपराष्ट्रपति यादव मधेश आन्दोलनका अग्रणी योद्धा र राष्ट्रिय राजनीतिमा राम्रो छवि भएका नेताको रुपमा परिचित छन । मधेस आन्दोलनपछि निरन्तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निकट रहेर राजनीतिमा सक्रिय रहे । उपराष्ट्रपति भएपछि भने उनको दलीय आबद्धता रहने छैन ।


प्रतिक्रिया