काठमाडौँ – आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदान समर्थकले भरिएको छ ।
खेल सुरु हुनुअघि नै मैदान दर्शकले भरिएको छ । मैदान बाहिर समेत समर्थकको भीड रहेको छ । समर्थकको भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
खेल मैदान प्रवेश गर्ने मुख्य गेटदेखि नै दर्शकको भीड छ । समर्थकहरू पञ्चेबाजासहित मैदानमा उपस्थित भएका छन् । लिग २ सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्दैछ । दर्शकहरुको उल्लेख्य साथ पाएको घरेलु टोली क्वाटरफाइनल प्रवेशका लागि जित्नैपर्ने दबाबमा छ ।
लिगको अन्तिम खेलका लागि चैत १ गते नै सबै ११ हजार टिकट बिक्री भएको थियो । टिकट नपाएर समर्थकहरू मैदान छिर्न नपाएपछि मैदानबाहिरबाटै समर्थकहरू हुटिङ गरिरहेका छन् ।
प्रतिक्रिया