प्रदेश–१

अनेरास्ववियू सोलुको कार्यबाहक अध्यक्षमा तेन्जी शेर्पा


काठमाडौँ – नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सोलुखुम्बु जिल्लाको कार्यबाहक अध्यक्षको जिम्मेवारी ङवाङ तेन्जी शेर्पाले पाएका छन् ।

अनेरास्ववियूका अध्यक्ष गौरव राईले व्यक्तिगत कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको अगुवाइ गर्न नसक्ने जनाउँदै मंगलबारदेखि कावा अध्यक्षको काम गर्ने गरी शेर्पालाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउने शेर्पा कुशल संगठक हुन् भने अनेरास्विवयुमा सबै तहका कमिटीमा रहेर काम गरेको अनुभव छ ।

कार्यबाहक अध्यक्ष शेर्पाले जिम्मेवारी समाल्दै जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वबियू निर्वाचनको तयारीलाई तीब्र पार्ने र संगठन सुदृढीकरणका लागि नयाँ कार्ययोजना बनाउने बताउनु भयो ।

अघिल्लो वर्ष पौषमा सम्पन्न जिल्ला अधिवेशनले राईलाई अध्यक्ष र शेर्पालाई सचिवमा निर्वाचित गरेको थियो ।