काठमाडौँ — अमेरिकाको मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएको छ । रुसी लडाकु विमानसँग ठोकिएर कृष्ण सागरमा खसेको अमेरीकी रक्षा मन्त्राले दाबी गरेको छ । उडाईरहेको ड्रोन रुसी निशानामा परेपछि यी दुई देश सिधा टकरावको अवस्थामा आइपुगेको सुरक्षा जानकारहरुको विश्लेषण छ । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । अमेरिकाले उडाईरहेको ड्रोन रुसी निशानामा परेपछि यी दुई देश सिधा टकरावको अवस्थामा आइपुगेको सुरक्षा जानकारहरुको विश्लेषण छ ।
सामान्य ड्रोनभन्दा फरक र विशेष क्षमताको यो ड्रोनको पखेटा २० मिटरसम्म चौडा छन् । रुसले अमेरिकी ड्रोन विमान तिव्र गतिमा मोडिन खोज्दा आफैं दुर्घटनामा परेको बताएको छ । काला सागरमाथि अमेरिकी मानवरहित ड्रोनले जासुसी र निगरानीका लागि फन्को लगाइरहँदा दुईवटा रुसी लडाकु विमानले त्यसलाई घेरा हालेका थिए । अमेरिकाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा उडिरहेको ड्रोन खसालेर रुसले हतास मनस्थिति प्रदर्शन गरेको प्रतिक्रिया दिएको छ ।
अमेरिकी सेनाको युरोप कमाण्डले विज्ञप्ति जारी गर्दै रुसी लडाकु जेट सु–२७ ले ड्रोनलाई ठक्कर दिएर खसालिएको जनाउँदै रुसी कदमले अवाञ्छित तनाव बढाउन सक्ने बताएको छ । सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि काला सागरमा तनाव बढेको थियो । रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि संयुक्त राज्य अमेरिका र बेलायतले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा सँधै सञ्चालित भए पनि जासुसी र निगरानी उडानहरू बढाएका थिए ।
अहिले पश्चिमी सहयोगीहरूले युक्रेनको युद्धलाई रुससँग प्रत्यक्ष टकरावमा बढ्दै गएको रोक्न कडा मेहनत गरिरहेका छन् । तर कालो सागरमा भएको यो घटनाले झन तनाव भएको देखिन्छ । रुस–युक्रेन युद्धमा युक्रेनलाई सहयोग गर्दै गरेको अमेरिकाले यो विमानबाट जासुस गरिरहेको संवेदनशील निगरानी प्रविधि रूसी हातमा पर्यो भने अमेरिका खुसी हुने छैन । जति समय लाग्छ युक्रेनलाई समर्थन गर्न कटिबद्ध जो बाडेनका लागि यो नाजुक क्षण हुने छ ।


प्रतिक्रिया