Breaking

अष्टलक्ष्मीलाई सघाउँदै रवि ! एमालेको उजुरी,खारेज होला यादवको उम्मेद्वारी ? किन छायाँमा प¥यो जनमत ?


काठमाडौँ — निकै रस्साकस्सीको विषय बनेको उपराष्ट्रतिको उम्मेद्वारको विषयमा अन्तत जसपाले वाजी मारेको छ । साझा उम्मेद्वारका रुपमा रामसाहय प्रसाद यादव नै रहेको भनाई र कांग्रेसले समेत उनलाई मतदान गर्ने कुराले विषयले निकास पाएको हो । जहाँ राप्रपा भने यो पटक पनि तटस्थ बस्ने भएको हो । कहिले लैंगितको विषय त कहिले सत्ता गठबन्धन दलहरुको अभिव्यक्तीका कारण पेचिलोको बनेको उपराष्ट्रपतिको उम्मेद्वार अव भने टुङ्गो लागेको छ । जहाँ एकातर्फ निर्वाचन आयोगमा परेको उजुरी र गठबन्धन भित्रैबाट मिनि गठबन्धनको प्रयासले जसपाले दुई जना उम्मेद्वारलाई अघि सारेको थियो ।

आयोगले रामसहाय प्रसादको उम्मेद्वारी खारेज गर्न नपर्ने निर्णय गरेपछि प्रमिलाकुमारीको उम्मेद्वारी निश्क्रिय बनाएको जसपाका लागि आफ्ना उम्म्ेदवारलाई सहमती जुटाउनु टाउको दुखाईको विषय बन्यो । गठबन्धनले साझा उम्मेद्वार को हो नभन्ने तथा मधेशवादी दलहरुले कार्यगत एकता भन्दै जनमतकी ममतालाई झालाई अघि सारेका थिए । वरु मित्रवत प्रतिपस्र्धा गर्ने तर आफू पछि नहट्ने जनमतको भनाईकावीच माओवादी पनि महिला उम्मेद्वार हुनुपर्ने पक्षमै रहँदै आएको छ । तर पछिल्लो समयमा भने उपराष्ट्रपतिमा यादवले ६ दलको समर्थन प्राप्त गरेका छन ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको प्रस्ताव तथा समर्थनमा उम्मेदवारी दिएका यादवलाई जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन पक्का भएको हो ।झालाई समर्थन गरेको लोसपा पनि यादवको पक्षमा सकारात्मक देखिएको छ । यादवको पक्षमा खुलेकै दलको मात्र मतभारको हिसाव गर्ने हो भने पनि पनि ३० हजार ५४ छ भने बहुमत अर्थात् निर्वाचित हुन २६ हजार ३१५ मत कटाउनुपर्छ ।अर्कातर्फ लोसपासँग कार्यगत एकता गरेको जनमतकी उम्मेदवार ममता झाको पक्षमा दुई हजार २१३ मत छ भने एमालेकी अष्टलक्ष्मी शाक्यसँग १५ हजार ३९१ मतभार मात्र छ । जसले यादवको जित सुनिश्चित जस्तै छ ।

यादव वलियो बन्दै जादाँ एमाले भने झस्किएको छ । मौन अवधी सुरु भईसकेपछि खुलेको कांग्रेसको यो कदमप्रति एमालेले आपत्ती जनाएको एमालेले निर्वाचन आयोगमा उजुरी नै गरेको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्देशन दिने कांग्रेसको निर्णय आचारसहिता विपरित भएको एमालेको दावी छ । त्यस्तै गठबन्धनमै अलमल हुने र आफ्नो ढोक्सामा उपराष्ट्रपति पर्नेसक्ने सम्भावना पनि कम भएको छ । जहाँ उसलाई अव सहयोगको आशा भनेराष्ट्रिय स्वतन्त्र पार्टीबाट छ ।

रास्वपाले यसअघि नै उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहाय प्रसाद यादवलाई मत नदिने निर्ण गरिसकेको छ । उपराष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने नखुलाएको रास्वपाले एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको रास्वपाका केहि नेताहरु बताउँछन । त्यस्तै राप्रपा भने राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपतिमा पनि तटस्थ बस्ने निर्णयमा पुगेको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको राप्रपाले जानकारी दिएको छ ।

पछिल्लो समयसम्म गठबन्धनका तथा अन्य दलहरुको यो प्रष्टतासँगै उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य कमजोर उम्मेद्वार सावित भईसकेकी छन । तर गठबन्धनले साझा उम्मेद्वार यादव रहने बताएपनि देखिएको दुई धुव्रलाई एकै ठाउँमा समेट्ने कुरामा भने सफलता प्राप्त गर्न सकेको छैनन् । यहि कारण कतै जनमतको असन्तुष्टि चुलिने त हैन भन्ने प्रश्न उब्जिएको छ ।

यद्यपी वैकल्पिक भनिएको दलले पनि राष्ट्रपति र उपराष्ट्रपति दुवैमा पुरुषलाई भोट हालेको दाग नलागोस भनेर मात्र जनमतले यो बाटो अंगालेको विश्लेषण पनि हँुदै आएको छ । जसले यादवको जितमा समेत तात्विक भिन्नता पार्ने छैन भने योसंगै वारा २ मा खाली हुने ठाँउबाट संसद यात्रा तय गर्ने जसपा अध्यक्ष उपेन्द्र यादवको सपना पनि पुरा हुने सम्भावना बढेर गएको हो ।