काठमााडौँ — दुई–दुई कार्यकाल राष्ट्रध्यक्षको जिम्मेदवारी सम्हाली सकेकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन्छन् वा सेवानिवृत्त नै बस्छिन् चासोको विषय बनेको छ । भण्डारीको राजनीतिक पुनर्गमन सम्भव छ ? राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको प्रवेश जति चासोपूर्ण बन्यो,सात वर्षपछि शितल निवासबाट विदाई भएकानिवर्तमानराष्ट्रपति विद्यादेवी भण्डारीअब के गर्छिन्?चासो स्वभाविक छ ।
मुलुकको पहिलो महिला राष्ट्रपति, दुई–दुई पटक देशको सर्वोच्च पद सम्हालीसकेकानिवर्तमान राष्ट्रपति भण्डारी कुनै दलको नेताका रुपमापुनःसक्रिय राजनीतिमाफर्किने सम्भावना छ ?राष्ट्रपति हुनुपूर्व नेकपाएमालेको उपाध्यक्षमारहेर राजनीतिसक्रियथिइन । तत्कालिनएमालेभित्रको आन्तरिक शक्ति सन्तुलनमिलाउनकै लागिभण्डारीलाई पन्छाएर शितलनिवास पठाएको बुझाई अझै छ । सातवर्षपछि पार्टीभित्र भण्डारीको पुर्नआगमनकति सम्भव छ । यदि भण्डारी सक्रिय राजनीतिमाफर्किए एमालले स्वीकार गर्ला । पार्टीभित्र भण्डारीलाई कसरी व्यवस्थापनगर्छ सर्वत्र चासोमा छ । भण्डारी सक्रिय राजनीतिमाआउनुपर्ने ठुलो मतएमालेभित्रै छ । राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमाल्याउने एमाले नेताहरुको तयारी नै छ ।
हुनतभण्डारीले राष्ट्रपति भएर पनि सक्रिय राजनीतिनगरेको भने होइन । परिणाम जस्तो रहे पनितत्कालिन नेकपाबन्दाहोस् या नेकपाजोगाउनशितलनिवास सक्रिय रह्यो । तत्कालिन नेकपाको सरकारमाप्रदेश प्रमुखको नियुक्ती, मन्त्रीपरिषद हेरफेरमाप्रत्यक्ष संलग्नभएको भन्दै आलोचितबनिन् । पुष १० अघि एमाले अध्यक्ष के.पीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई मिलाउने प्रयास गरेकीथिइन । भण्डारीको राजनीतिक सक्रियतानिरन्तर छ भन्ने ज्वलन्तउदाहरण पछिल्लो मन्त्रीपरिषदविस्तार र राजनीतिक भागवण्डानियाले पुग्छ ।
भण्डारीकै सिफारिसमा राष्ट्रियसभा सदस्यविमला राई पौडेल परराष्ट्रमन्त्रीमा नियुक्तभएकीथिइन। शितलनिवासको सम्मानितपदमा रहेर पनि सक्रिय राजनीतिगरेकी भण्डारीलाई राजनीतिपुर्नआगमन सामान्यपक्कै हुनेछ । तथापीआलंकारिक पद सम्हालीसकेका,देश र जनताको अभिभावकसंविधानको रक्षक भण्डारी पुनः सक्रिय राजनीतिमाफर्किए नैतिकप्रश्नको सामनापेचिलोबन्नेपक्का छ ।
सरकारी सेवा सुविधा अस्वीकार गरेपछि धेरैले भण्डारी सक्रिय राजनीतिमाफर्किने संकेत देखाएको अनुमान छ । अवकाशपछि सक्रिय राजनीतिमाफर्किने विकल्प राखेको धेरैको बुझाई छ । नैतिकप्रश्नबाहेक संविधानतखुला छ । तर निवर्तमान राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमाफर्किन्छिन् वाफर्किदैनन् तत्कालअनुमानगर्न गाह्रो छ ।
प्रतिक्रिया