देश

लघुवित्त र मिटरव्याजीको मनोमानी विरुद्ध पिडित व्यवसायीहरु आन्दोलनमा,व्याज मिनाहा गर्न सरकारसँग आग्रह


काठमाडौँ — देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् भने लघुवित्त र मिटरब्याजी पीडितहरुले पनि आज काठमाडौंमा आन्दोलन गरेका छन् । देशव्यापी बढेको महंगी र बैक तथा वित्तिय क्षेत्रको मनोमानी विरुद्ध उनीहरु सडक संघर्षमा उत्रिएका हुन् । देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । भने लघुवित्त र मिटरब्याजी पीडितहरुले पनि आज काठमाडौंमा आन्दोलन गरेका छन् । मंगलवार केही समयदेखि चरणवद्ध सडक आन्दोलन गर्दैै आएका देशभरका उद्योगी व्यवसायीहरुले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरे ।

उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको,कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंक बिरुद्ध सडक संर्घषमा उत्रिएका हुन् । देशभरका उद्योगी व्यवासायीहरुले राष्ट्र बैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महशुस गराउन ध्यानाकर्षण समेत गरेका छन् । बिरोध कार्यक्रमा सहभागि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरुको आन्दोलन निरन्तर चल्ने बताए । उनले प्रधानमन्त्रीले चासो राखेर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने बताए । ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायीत्व आवश्यक रहेको उनीहरुको भनाई छ ।

विगत एक वर्षदेखि व्यवसायीहरू बैङ्कको ज्यादतीबिरुद्ध आन्दोलनमा रहेपनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रिय बैंक गर्न बाध्य भएको व्यवसायीहरुको भनाई छ । आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रिय महासंघहरूसँग आवद्ध भएका वस्तुगत संघहरु आन्दोलनमा सहभागिता रहेको छ । यस्तै लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौंमा आन्दोलन गरेका छन् ।

मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको बिरोधमा माईतीघर मण्डलामा भेला भएर पीडितहरुले बिरोध प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाहरुबाट काठमाडौं आएका उनीहरुले आज संयुक्त बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन उनीहरुले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् ।

आन्दोलनमा सहभागीहरुले समाजवादी अर्थतन्त्रको विकास गर्, आम गरिव किसानलाई निःशुल्क ऋण प्रदान गर्, आवश्यक्ता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर् लगायतका प्लेकार्ड बोकेर आन्दोलन गरेका थिए ।