अफ्रिकी मुलुकहरु मलाबी र मोजाम्बिकमा हालै आएको आँधीका कारण करिब ६० जनाको मृत्यु भएको छ ।
फ्रेडी नामको शक्तिशाली आँधीका कारण हजारौं घरबार विहीन भएका हुन् । भारी वर्षासँगै आएको आँधी निकै लामो समयसम्म रहेकाले ती राष्ट्रहरुको जनजीवन प्रभावित भएको हो ।
आँधीसँगै आएको बाढीले कमजोर संरचनाहरु बगाउनुका साथै बिजुलीका पोल र रुखहरु समेत ढलेकाले बिजुली आपूर्ती समेत बन्द हुँदा हजारौं नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन् । मोजाम्बिकमा अहिलेपनि आँधी सक्रिय रहेकाले थप मानवीय क्षति हुन सक्ने आँकलन गरिएको छ ।
मलाबीमा भने आँधी कम भएकाले जनजीवन सामान्य हुन थालेको छ । यी दुई राष्ट्रमा सक्रिया आँधीको प्रभाव हाल अर्को टापु मुलुक भानुआटुमा समेत परेको छ । त्यहाँ गत २४ घण्टामा आँधीले विनाश निम्त्याएपछि आपत्काल घोषणा गरिएको छ ।
प्रतिक्रिया