Breaking

कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा


काठमाडौँ – राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ ।

यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी फागुन ३० गते नै सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले होरी ९होली०को अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् । राना थारु समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्व हो । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो ।

त्यसअघि २०७४ सालमा पुनर्वास नगरपालिकाको ढक्कामा पहिलोपटक खखडेहरा महोत्सव आयोजना गरिएको थियो ।