काठमााडौँ — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । चौथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पौडेलले सपथग्रहणसँगै राष्ट्राध्यक्षको जिम्मेदवारी सम्हालेका छन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमार्फत शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायत संवैधानिक निकायका प्रमुखहरुको उपस्थितिमासपथ लिएका पौडेलले आजैबाट आफ्नो कार्यभार समेत सम्हालेका छन ।
फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचन नेकपा एमालेका नेता रामचन्द्र पौडेललाई दोब्बर भन्दा बढी मतले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए । नयाँ राष्ट्रपतिको आवगमनसँगै निःवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विदा भएका छन । दुई कार्यकाल राष्ट्रपतिमा निर्वाचित भण्डारीको कार्यकाल फागुन २८ मा सकिएको हो । निःवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
नवनिर्वाचित राष्ट्रपति पौडेल चौथो कार्यकाल र मुलुकको तेस्रो राष्ट्रपति हुन् । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक व्यख्या अनुसार नेपालको राष्ट्रपति आलंकारीक हुने व्यवस्था भएपनि राजनीतिक खिचातानी र दलहरुको स्वार्थले यस अघिका राष्ट्रपतिहरुलाई प्रभावित बनाएका कारण यस पटक राष्ट्रपति चयन कार्यले असाधारण महत्व पाएको राजनितिज्ञहरुको बुझाई छ ।
प्रतिक्रिया