Breaking

शेर्पा संघ सोलुखुम्बुको अध्यक्षमा मिङमार शेर्पा चयन

'कोशी प्रदेशको नामाकरण जातीय पहिचानको आधारमा हुनु पर्छ'


काठमाडौँ – नेपाल शेर्पा संघ सोलुखुम्बुको अध्यक्षमा मिङमार शेर्पा चयन हुनुभएको छ ।

नेपाल शेर्पा संघका केन्द्रीय महासचिव लाक्पा शेर्पाको प्रमुख अतिथ्यतामा शनिबार आयोजित विशेष बैठकले मिङमारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चनय गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा फुरि ग्याल्जेन शेर्पा र द्वित्तीय उपाध्यक्षमा दावा शेर्पा चयन हुनु भएको छ भने, सचिवमा आचार्य पेमा रिन्जी शेर्पा, सह-सचिवमा पासाङ दोर्जी लामा र कोषाध्यक्षमा गेल्बु शेर्पा चयन भएको निवर्तमान सचिव कुञ्जाङ शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

सदस्यहरूमा आङ माया शेर्पा, ङवाङ नुर्बु शेर्पा, नुरु शेर्पा, लाक्पा शेर्पा, दावा शेर्पा, किमा शेर्पा, सोनाम लामा, सोनाम शेर्पा, पेम्बा शेर्पा, लामा पासाङ शेर्पा र काले शेर्पा चयन हुनुभएको छ ।

शेर्पा समुदायको मुख्य थाक्थलो रहेकाको सोलुखुम्बुमा विस्तार भएको शेर्पा संघ जिल्ला शाखाले शेर्पा समुदायको हकअधिकार स्थापित गर्न र भाषा, धर्म, संस्कृति संरक्षण गर्न विभिन्न् कार्यहरू गर्दै आएको निवर्तमान सचिव शेर्पाले बताउनुभयो । संघको अध्यक्ष पासाङ काजी शेर्पा (पिके)को हृदयघातका कारण एक वर्षअघि निधन भएपछि शेर्पा संघ सोलुखुम्बु नेतृत्वविहीन बनेको थियो ।

कोशी प्रदेशको नामाकरण जातीय पहिचानको आधारमा हुनुपर्ने माग गर्दै शेर्पा संघ सोलुखुम्बुले शनिबार साँझ सदरमुकाम सल्लेरीमा कोशी प्रदेशको विरोधमा मशाल जुलुस प्रदर्शन गरेको थियो ।