Breaking

कोशी प्रदेश नामाकरणविरुद्ध आज बन्द आह्वान


काठमाडौँ – प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आज (आइतबार) बन्द आह्वान गरिएको छ ।

बन्दका कारण प्रदेशमा आज बिहान सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरु सडक उभिएर यातायातका साधन नचलाउन रोकिरहेका छन् । उनीहरूले सडकमा अवरोध समेत गरेको प्रहरीले जनाएको छ ।

जातीय पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने माग गर्दै आएका जातीय समूहरूले बन्द आह्वान गरेका हुन ।उनीहरूले शनिबार साँझ कोशी प्रदेशका नामाकरणको विरोधमा विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेको थियो ।

जातीय नामाकरण गर्नुपर्ने विवादका कारण प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामाकरण समेत हुन सकेको थिएन । तर, यस पटक प्रदेश सभाले सुरूमै प्रदेशको नामाकरण कोशी गर्न सफल भएपछि जातीय समूहरू आन्दोलनमा उत्रिएका हुन । ९३ सदस्यीय प्रदेशसभामा ८२ जनाले कोशी प्रदेशको पक्षमा मतदान गरेका थिए । विपक्षमा ४ मत मात्रै परेको थियो ।