देश

ऐतिहासिक सम्पदा औचित्य बिहीन,सम्बन्धित निकाय स्थापना कालागि मात्रै


काठमाडौँ — पशुपति क्षेत्रमा सरसफाई गर्न राज्यको ध्यानगएको छ । ऐतिहासिकमहत्वबोकेको यस्ता सम्पदाको संरक्षण र सम्बद्र्धनमा सरकारले बेलाबखतचासो देखाउने गरेतापनिनिरन्तरतापाउननसक्दाऔपचारिकतामा नै सीमितभएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिमन्दिर परिसर धार्मिक, ऐतिहासिकमहत्वबोक्नुका साथै सभ्यताको पनिचिनारी हो । सायद, यसैलाई बुझेर होला यस्ता महत्वबोकेका ठाउँको सफाईमा राज्यले पनिचासो देखाएको छ । राष्ट्रको मात्रै नभई विश्वभरका करोडौँको आस्थाको धरोहर रहेको भगवान् पशुपतिनाथ क्षेत्रको सरसफाई अभियान सुरु गरिएको छ । शनिबारबाट सुरु भएको अभियानचल्दैगर्दा पशुपति क्षेत्रले नयाँ स्वरुपलिने विश्वास गरिएको छ ।

संस्कृति, पर्यटन तथानागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थितिमा सञ्चालनगरिएको अभियानअबको तीनमहिनासम्म हरेकशनिवार बिहान८ बजेदेखि १०सञ्चालनहुने छ । पशुपति क्षेत्रलाई सबैले मिलेर सफाई गर्नुपर्ने बताएकामन्त्री किराँतीले मूल्य र मान्यता हराउँदै गएको र यसले समाजलाई विकृत तुल्याएको बताएका छन् । सफा राख्नु पर्ने सम्पदालाई नै फोहोर छोड्ने हो भने देश सफा गर्छाै भनेर भाषणबाजी गर्नुको कुनै औचित्यनहुने मन्त्री किराँतीको तर्क छ ।

मन्त्रालयले पनि एक दिनकै कार्यक्रममा रमाउने हुँदा सम्बन्धितनिकायहरु पनि स्थापनाकालागिमात्रै सीमित देखिन्छन् । हिन्दु धर्मावलम्बिहरुका साथै जो कोहीको पनिआकर्षणको केन्द्र रहेको पशुपति क्षेत्र सफाईका लागिपशुपति क्षेत्रविकास कोषले योजनाबनाउनु पर्ने भएपनिउनीहरुको कामशून्य बराबर छ ।

मालपाएर चालनपाएको’भने जस्तै पशुपति क्षेत्रको अवस्थामा कैयन बेथिति र विसंगतिहरुबाट ग्रसित छ । यस्तो अवस्थामा राज्यको उपस्थितिहुनु सकारात्मकनै भएपनियसले निरन्तरतापाउननसक्दा सँधै औपचारिकतामा नै सीमितहुने गरेको छ । सरकार खाली सस्तो लोकप्रियतामा नै रमाउने र एक दिनकालागिमात्रै भाषणबाजीमा समय खर्चदा अझै पनि ऐतिहासिकमहत्वबोकेका सम्पदाहरु औचित्यबिहीनहुँदै गएको छ ।