बिजनेस

सानिमा बैंकको नारी बचत खातामा विशेष योजना


काठमााडौँ — सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ । उक्त योजना आगामी चैत १ गतेसम्म लागू हुने बैंकले जनाएको छ । योजनाअवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गर्ने बताइएको छ ।

यसका साथै ग्राहकलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक चैत १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ । बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको जनाएको छ ।