काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार चुनावताका गरेका वाचाहरू पूरा गर्न सक्रिय देखिएको छ । जहाँ वर्षौंसम्म बन्द रहेका उद्योगदेखि नाफामा रहेका कम्पनीको फेहरिस्त प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट सार्वजनिक गरे । बलियो जनमतको सरकार जनसरोकारका विषयमा चुक्दै गएको भन्दै प्रतिपक्षी दलहरूदेखि सत्तारुढ सांसदले नै निरन्तर आलोचना गरेपछि, घेराबन्दीमा परेको सरकारले रुग्ण उद्योग सञ्चालनको प्रयास, औषधि लिमिटेड र डीडीसी उद्योगको नाफा लगायत पाँच बुँदा सार्वजनिक ग¥यो । विगतमा नेपाली कांग्रेस र नेकपा एमालेको सरकार हुँदा राजनीतिक भर्ती केन्द्र बनाइएका र कमिसनको खेलमा फसेर बन्द गरिएका राष्ट्रिय उद्योगहरूलाई बालने शाह नेतृत्वको सरकारले पुनर्जीवन दिने प्रयास गरिरहेको छ । तर, सरकार एक कदम अघि बढ्न थालेपछि अहिले पुराना दलहरू भाँजो हाल्न तम्सिएका छन् । प्रधानमन्त्री शाहले सञ्जालबाटै प्रचार गरेको दुग्ध विकास संस्थान (डीडीसी) को नाफाको विवरण पनि सञ्जालबाटै दिएका थिए । तर, सो तथ्याङ्क झुट हो कि सत्य भन्दै सरकारमाथि सार्वजनिक रूपमै प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री शाहले सञ्जालमा डीडीसीको चिजसहितको आफ्नो फोटो राखेर प्रचार गरेका थिए । यसपछि चितवनमा रास्वपाको महाधिवेशनमा स्टल नै राखेर व्यापार गरियो ।
देश


प्रतिक्रिया