Breaking

आरआर क्याम्पसबाट एक विद्यार्थी प्रहरीको नियन्त्रणमा


काठमााडौँ — काठमाडौं‌को प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा खुकुरी प्रहारको प्रयास भएको छ । शनिबार दिउँसो क्याम्पसमा एक जना विद्यार्थीले खुकुरी प्रहार गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी निटक विद्यार्थी संगठनका विद्यार्थीले खुकुरी प्रहार गर्न खोजेको उनले बताए । खुकुरी निकाल्न बित्तिकै समाएर सिंहदरबारमा लगेका छौं,’ उनले भने । पक्राउ पर्ने विद्यार्थी को हुन् भन्ने बुझ्न बाँकी रहेको उनले बताए । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्बन्धमा उनीहरूबीच विवाद भएको हो।