समाचार

उपचाररत सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार


काठमाडौं — नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ। गत फागुन ३ गते बेलुकी बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।
हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि फागुन ४ गते मुम्बई लगिएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो ।

जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा रहेको चिकित्सकहरूले बताएका छन्।सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको उन्का दाजु मीनप्रसाद भण्डारीले बताएका छन् । उनकाअनुसार बिहीबार पनि सांसद भण्डारीको फिजियोथेरापी गरिएको थियो । ‘कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको र स्वास्थ्यमा राम्रो सुधार भइरहेको डाक्टरहरूले जानकारी दिएका छन्।